नेपाल मानव अधिकार सङ्गठन द्वारा धादिङबेसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ । नागरिक समाजमा नेपाल मानव अधिकार सङ्गठनको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम बिहिबार धादिङबेसीमा सम्पन्न भएको छ ।

कार्यक्रमका अधिकांश वक्ताहरुले जिल्लाका मानव अधिकार हनन सम्बन्धी घटनाहरुमा पीडितलाई न्याय दिने सवालमा सबै मानवअधिकारकर्मीहरुले आफ्नो ठाउमा भुमिका खेल्नुपर्ने धारणा राखेका थिए । २०४५ साल मङ्सिर २४ गते स्थापना भएको नेपाल मानव अधिकार संगठनले माओवादी युद्ध, जनआन्दोलन, विभिन्न निर्वाचन प्रकृया तथा मानव अधिकार उलंघन हुने हरेक विषयहरुमा आवाज उठाउँदै पीडितलाई न्यायको पहुचमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको अवगत गराउदै जिल्लाका हरेक मानव अधिकार हननका विषयहरुमा आवाज उठाउने सभापति कृष्णराज अधिकारीले प्रतिबद्धता जनाउनु भयो ।

नेपाल मानव अधिकार संगठन धादिङको आयोजनामा भएको उक्त अन्तर्कृया कार्यक्रमको अध्यक्षता संगठनका धादिङ सभापति कृष्णराज अधिकारीले गर्नुभएको थियो । एबं अधिवक्ताहरु विष्णु कुमार श्रेष्ठ, विनोदमान श्रेष्ठ लगायत धादिङमा क्रियाशील मानवअधिकारकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here