रुबिभ्यालिका विद्यालयहरु हिमपात सगै बढेको चिसोले बन्द; अर्को सूचना नआए सम्म नखुल्ने

धादिङ । रुबिभ्याली गाउपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयहरु गत मंगलबार राति परेको बर्षा सगैको हिमपातले बढेको चिसोले स्थानीयको जनजीवन कष्टकर हुनुको साथै विद्यार्थीहरुको स्वास्थ्यलाई मध्य नजर गरि अर्को सूचना नआए सम्म स्थानीय पर्व बिदा संग मिलन हुने गरि अनिश्चित कालको लागि बन्द गरिएको पालिका शिक्षा समन्वयका संयोजक एबं उप-प्रमुख बिना लामाले एक सूचनाको साथ बुधबार जानकारी गराउनु भएको छ ।

यद्यपि आइतबार देखि पालिका स्तरीय परिक्षा संचालन हुने भनिएकोमा अब उक्त परिक्षा हुनेकी नहुने भन्नेमा शिक्षक एबं विद्यार्थीहरु दुबिधामा रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here