आगामी तीन दिनको मौसम पूर्वानुमान !

पौष – १५ । जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ। नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको बिहीबार जारी मौसम बुलेटिनमा उल्लेख छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहि थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानामा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार वर्षा भएपछि पहाडी र हिमाली क्षेत्रमा हिउँ परेको छ। यसले जाडो बढाएको छ। दैनिक जीवनयापन कष्टकर बनाएको छ। यात्रामा रहेकाहरूले असहजता खेप्नुपरेको छ। तर, किसानलाई भने फाइदा पुगेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु वासीका अनुसार बिहीबारदेखि मौसममा सुधार आउनेछ। पश्चिमी न्यून चापीय प्रणाली र राजस्थानमा बनेको न्यून चापीय प्रणालीका कारण यो वर्षा भएको हो। वासीले भनिन्,‘बिहीबारदेखि पश्चिम हुँदै सुधार भएर जानेछ।’  पश्चिमी क्षेत्रमा सोमबारदेखि नै मौसम बदली भएको हो। काठमाडौंमा मंगलबारदेखि बादल लाग्नुका साथै रातिदेखि पानी परेको थियो। वर्षा रोकिएसँगै हिमपात कम हुने र चिसो घट्ने उनले बताइन्। 
महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। राती प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

शुक्रबार प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ। शनिबार देशभर आंशिक बदलीको सम्भावना रहेको छ। बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
 हिमपातको सम्भावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम विद्ले आग्रह गरेका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here