त्रिशुली जिल्ला अस्पताल ९४% अंक प्राप्त गरि देशभरमै उत्कृष्ट अस्पताल बन्न सफल

    पौष – १५ । नुवाकोटको त्रिशुली जिल्ला अस्पताल ९४ % अंक प्राप्त गरि दोस्रोपटक देशभरमै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । 
    बाग्मति प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार अस्पतालमा आयोजना गरेको कार्यक्रममा त्रिशुली अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अंक ल्याई देशैभरिको पहिलो अस्पताल भएको छ ।
    त्रिशुली अस्पतालले न्यूनतम सेवा मापदण्डमा ९४ अंक प्राप्त गरि देशकै पहिलो अस्पताल बनेको हो । यो नेपालकै अस्पतालहरुको सेवा गुणस्तर र अन्य सेवा मापदण्डको सबै भन्दा धेरै हो ।

    पहिलाको जिल्ला अस्पतालमा आइसियु सञ्चालन हुने भन्ने असम्भव जस्तै रहेको नेपालको अवस्थामा त्रिशुली अस्पतालले व्यवस्थित रुपमा आइसियु सञ्चालन गर्नु देशभरका स्वास्थ्य संस्थाको लागि आशा लाग्दो सन्देश रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए ।
    अस्पतालको अहिले भौतिक संरचनादेखि सेवा प्रदानमा समेत त्रिशुली अस्पताल लोभ लाग्दो प्रगति भएको उनको भनाई रहेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. दिपेन्द्र पाण्डेले त्रिशुली अस्पतालको मात्रै नभई यो सिङ्गै सरकारी स्वास्थ्य सेवाको लागि गर्भको विषय रहेको बताए ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here