नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित धादिङका नेता पाख्रिनलाई निलकण्ठ नगर कार्यसमितिकाे भव्य स्वागत र सम्मान

नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित भएका धादिङका नेता दिलमान पाख्रिनलाई जिल्लामा भव्य स्वागत र सम्मान गरिएकाे छ । आज उनकाे सम्मानकाे लागि नेपाली कांग्रेस नीलकण्ठ नगर समितिद्धारा राखिएकाे कार्यक्रमकाे लागि जिल्ला पुगेका उनकाे कालुपाँडे मार्ग अन्तर्गतकाे ससाहमै बाजागाजा सहित भव्य स्वागत गरिएकाे हाे। उनलाई ससाहसम्म लिनकाे लागि नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गाना, नेता तिलक रुवाली लगायत सयाै नेता कार्यकर्ता बाजागाजा सहित त्यहाँ पुगेका थिए । बाजागाजा सहितकाे र्यालि पछि नेपाली काँग्रेस जिल्ला समिति धादिङको कार्यलयमा सम्मान कार्यक्रम गरेकाे थियाे । कार्यक्रममा नेपाली काँग्रेस धादिङका नवनिर्वाचित सभापति रामनाथ अधिकारी निलकण्ठ नगर पालिकाका मेयर भिम प्रसाद ढुङगाना लगायतले सम्वाेधन गरेकाे थियाे ।

नेपाली कांग्रेसकाे ७५ बर्षे ईतिहासमा धादिङबाट केन्द्रीय सदस्य बन्ने उनी पहिलाे व्यक्ति हुन् । उनी जनजाती काेटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । यस अघि धादिङ कांग्रेसकाे ईतिहासमै उनी पहिलाे पटक २०७४ सालमा राज्यमन्त्री बन्न सफल भएका थिए । २०७० सालकाे संविधानसभाकाे निर्वाचनमा समानुपातिक तर्फबाट सभासद बनेका उनी तत्कालिन शेरबहादुर देउवाकाे सरकारमा कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here