कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै दिल्लीका शैक्षिक संस्थाहरु बन्द

अन्तर्राष्ट्रिय खबर । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढेसँगै भारतको दिल्ली सरकारले विभिन्न शैक्षिक संस्थाहरु बन्द गराएको छ। सरकारले यल्लो अलर्ट जारी गरेसँगै दिल्ली सरकारले मंगलबार विभिन्न शैक्षिक संस्था बन्द गराएको हो।
ओमिक्रोनको खतरा उच्च रहेको भन्दै दिल्ली सरकारले शैक्षिक संघसंस्थाहरु पुर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ। साथै सरकारले नीजि क्षेत्रहरुमा कर्मचारीहरुको ५० प्रतिशत उपस्थितीसहित बिहान ९ देखि ५ बजेसम्म काम गर्न निर्देशन दिएको छ। सो समयभित्र सिफ्टअनुसार काम गर्न सरकारले निर्देशन दिएको भारतिय मिडियामा खबर छ।
दिल्ली सरकारले ५० प्रतिशत सिट राखेर मात्र सिनेमा र रेष्टुरेन्ट सञ्चालन गर्न निर्देशन दिएको बताइएको छ। यल्लो अलर्ट लागु भएपछि अत्यावश्यक पसलहरु बिहान १० बजेदेखि राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here