राजकुमार तामाङ बचाउ अभियान अन्तर्गत संकलित रकम हस्तान्तरण

    अमर तामाङ । नुवाकोट जिल्लाको म्यागङ ३ का फोक्सो बिरामी ‘राजकुमार तामाङ बचाउ अभियान’ अन्तर्गत संकलित रकम ३०,०५० (तीस हजार पचास रुपैयाँ ) हस्तान्तरण गरिएको छ। जसपा नेताद्वय आईसिंह तामाङ र सुशील जिम्बाको पहलमा संकलित रकम बिरामी कै खातामा जम्मा गरिएको छ ।

    राजकुमार तामाङ बचाउ अभियान चलाएको दुई दिन मा दुई ठाउँबाट उक्त रकम संकलन भएको जसपाका युवा नेता आईसिंह तामाङले बताउनु भयो ।
    यो अभियानमा साथ सहयोग गर्नु हुने सुशील जिम्बा तामाङ ,सुन्दर तामाङ ,कृष्ण तामाङ ,राजकुमार तामाङ ,आनिल तामाङ ,युबाराज तामङ र सहयोगी सबै सहयोगि दाता सबैलाई आई सिङ तामाङ् र बिरामी राजकुमार तामाङ एबं उहाँको परिवारले धेरै-धेरै धन्यवाद समेत दिएका छन् ।
    (Source: Nuwakotjagaran.com)

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here