सोमालियामा राष्ट्रपतिद्धारा प्रधानमन्त्री निलम्बित

अन्तर्राष्ट्रिय खबर । सोमालियाका राष्ट्रपति मोहमेद अब्दुलाहीले प्रधानमन्त्रीलाई निलम्बन गरेका छन्। सरकारभित्र चुनावी विवाद चुलिरहदा राष्ट्रपति मोहमेदले प्रधानमन्त्री मोहमेद हुसेन रोब्लेलाई निलम्बन गरेका हुन्।
भ्रष्टाचारसँग नाम मुछिएका प्रधानमन्त्रीको मुद्धा नसुल्झिएसम्म राष्ट्रपतिले प्रधानमन्त्री र उनीसँग जोडिएका अन्य अधिकारीहरुलाई निलम्बन गर्ने निर्णय गरेको त्यहाँको राष्ट्रपतिय कार्यालयले सोमबार जानकारी दिएको छ।
‘राष्ट्रपतिले प्रधानमन्त्रीलाई निलम्बन गर्नुका साथै उनी भ्रष्टाचारमा मुछिएयताका सबै शक्तिहरु हटाउने निर्णय गरेका छन्। प्रधानमन्त्रीको भ्रष्टाचारको मुद्धा नसुल्झिएसम्म उनी निलम्बित रहनेछन्’ राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ। सोमालियाका प्रधानमन्त्रीमाथि संसदीय चुनावको क्रममा घोटाला गरेको आरोप लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here