प्रचण्ड, माधब र बाबुराम बिच पार्टी एकता र चुनावी मोर्चा बारे छलफल

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भैरहेको बताएका छन् । 

पार्टीको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन शनिबार ललितपुरको हिमालय होटलमा आयोजित सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

माधव नेपाल र बाबुराम भट्टराईसँग गठबन्धमा सँगै रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘ माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँगै छौं, भोलि चुनावी मोर्चा वा पार्टी एक बनाउने बारे पनि छलफलहरु चलिरहेका छन् ।’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here