कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न !

काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपामा बसेको छ । १४औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको बैठक करिब १५ मिनेट बसेको हो।

बैठकले पार्टीको महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निणर्य गरेको छ। त्यस्तै बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने र निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here