आज इसाई धर्मावलम्बीहरुको महान पर्व ख्रीष्टमस, (ख्रीष्टमसको ऐतिहासिक तथ्य)

पौष – १० । ख्रीष्टमस (Christmas) शब्दको उत्पति पुरानो अङ्ग्रेजी शब्द Cristesrnaesse बाट भएको हो, जसको अर्थ हुन्छ Christian Mass । ख्रीष्टमसको सङ्क्षिप्त शब्द हो Xmas हो, जुन छापा माध्यममा बढी प्रयोगमा ल्याइएको छ । ख्रीष्टमससँग सम्बन्धित लोकप्रिय तर काल्पनिक व्यक्ति हुन्– सान्ता क्लाउस (Santa Claus)     । यो शब्द डच शब्द सिन्तेरक्लासबाट आएको हो, जसको अर्थ सान्ता निकोलस हुन्छ ।
सातौं शताब्दीको मध्यतिर क्रिसमस वृक्ष सजाउने परम्परा जर्मनीबाट आरम्भ भयो । मानवाधिकारवादी लेखक सेवास्टियन ब्राण्डले सन् १४९४ मा लेखेको एक कृतिमा घरहरूमा देवदारको वृक्षको हाँगा राख्ने चलनलाई अभिलिखित गरेका छन् । ख्रीष्टमसमा सजाउनका लागि देवदार वृक्ष नै छानिएको थियो । यतिबेला शिशिर ऋतु सुरु भैसकेको हुन्छ । सबै वृक्षको पात झरिसक्ने भए पनि देवदार सदाबहार हुन्छ । ख्रीष्टमस वृक्षको परम्परा सुनिश्चित मिति र उत्पत्तिको सम्बन्धमा केही अनिश्चितता भएपनि यस्ता रुखहरूमा प्रयोग गरिएका मैनबत्तीहरू सन् १६६१ मा सायलसियन अभिलिखित गरेका छन् । 
थोमस एडिसनका सहायक एडवर्ड जोन्सनले सन् १८८२ मा ख्रीष्टमस वृक्षका लागि विद्युतिय प्रकाशको सोच ल्याएका थिए भने ख्रीष्टमस वृक्षमा लगाइने बत्तीको आमउत्पादन पहिलो पटक सन् १८९० मा भएको थियो । सन् १८४३ मा पहिलो ख्रीष्टमस कार्ड बेलायतका सर हेनरी कोलका लागि जोन क्यालकोट हर्सनद्वारा डिजाइन गरिएको थियो । यो आधुनिक पोष्टकार्डजस्तै थियो र त्यसमा लेखिएका शब्द थिए– मेरी ख्रीष्टमस एण्ड ह्याप्पी न्यु इयर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here