अमेरिकाको न्युयोर्कमा रहेका नुवाकोटबासी नेपाली द्वारा फोन्ना नामक संस्था गठन

न्युयोर्क – अमेरिकाको न्युयोर्क सहरमा बसोबास गर्दै आएका नुवाकोटबासी नेपालीको भेलाले फोन्ना फ़्रेण्ड्स अफ नुवाकोट इन न्युयोर्क अमेरिका (फोन्ना) नामक संस्था गठन गरेका छन् ।
न्युयोर्कको क्वीन्समा यसै साता भएको भेलाले एकै जिल्ला वासीबीच एक्यवद्दताको महत्व प्रवासमा अझ बढी हुने निस्कर्ष निकाल्दै संस्था गठन गरेको हो । भेलाले बेल्कोटगढीका बिष्णु राना मगरको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समितिको चयन गरेको छ ।

भेलामा रामेश्वर खनाल ‘राम’, दीपक ब. पण्डीत, भुवनमान डंगोल, निरञ्जन पाण्डे, अच्युत सिग्देल, बुद्धिमान तामाङ्ग, राधिका पाण्डे, देबेन्द्र लो तामाङ्ग, उत्तम पाण्डे, बिष्णु राना मगर, बसन्त पाण्डे, बिज्ञान खनाल, योगेश डंगोल ‘आदी ‘लगायतका नुवाकोटबासीका उपस्थिति थियो ।
संस्थाको उद्देश्य र महत्वका बारेमा प्रकासपार्दै पहलकर्ता बिज्ञान खनालले संस्थालाई बिस्तारै अमेरिकाको अन्य सहरमा समेत बिस्तार गर्ने र नुवाकोटबाट अमेरिका आएका नुवाकोटेको हितमा कार्य गर्ने बताए । संस्थाले नियमित गर्ने बार्षिक कार्यक्रम तथा संगठनलाई मजबुत तथा एकत्रित बनाउने कार्यनै प्रारम्भिक कार्यतालिकामा रहने संयोजक राना मगरले प्रष्ट पारे । -Nuwakotexpress

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here