२०२२ देखि जापानमा श्रम ज्याला वृद्धि हुने

अन्तर्राष्ट्रिय खबर । जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्यअनुसार अर्को वर्षको सुरुमा वार्षिक श्रम-व्यवस्थापन वार्ता अघि ज्याला वृद्धि गर्न आह्वान गरेका छन्। 

‘मजदुरी बढाएर (सम्पत्ति) बाँडफाँड गर्नु भनेको भविष्यमा लगानी गर्नु हो,’ किशिदाले औपचारिकरूपमा जापान बिजनेस फेडरेशन भनेर चिनिने केइदानरेनको बैठकमा उक्त टिप्पणी गरेका हुन्।
अक्टोबरमा पदभार ग्रहण गरेका प्रधानमन्त्रीले आफ्नो नयाँ पुँजीवादमा बलियो मध्यम वर्ग निर्माण गर्ने वाचा गरेका थिए। त्यसका लागि ज्याला वृद्धिको गतिलाई प्रमुख कामको रूपमा लिएका छन्।
उनले प्री-प्यान्डमिक स्तरमा फर्केका कम्पनीहरूको ४ प्रतिशतभन्दा बढी तलब वृद्धि गर्न आह्वान गर्दै आएका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here