आज सुनको मुल्यमा वृद्धि

    
 

पौष – ८ । बिहीबार सुनको मूल्य सात सयले बढेर तोलको ९३ हजार तीन सयमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन ९२ हजार ६ सयमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।