एष्ट्राजेनिकाले ओमिक्रोन लक्षित खोप बनाउने

अन्तर्राष्ट्रिय खबर । बहुराष्ट्रिय फर्मा कम्पनी एष्ट्राजेनिकाले ओमिक्रोन लक्षित खोप बनाउने बताएको छ। कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध जुध्न एष्ट्राजेनिकाले सो खोप बनाउने बताएको हो।
ओमिक्रोन लक्षित खोपमा आफू अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर संयुक्तरुपमा खोप उत्पादनको काम गरिरहेको कम्पनीका प्रवक्ताले मंगलबार बताएका छन्। ‘ओमिक्रोनविरुद्ध खोपको लागि हामीले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर प्रारम्भिक चरणको काम गरिरहेका छौं,’ प्रवक्ताले विज्ञप्तिमार्फत् भनेका छन्।
आफूहरुले सन् २०२२ को सुरुवातसम्ममा ओमिक्रोनविरुद्ध खोप तयार गरिसक्ने लक्ष्य राखेको एष्ट्राजेनिकाले जनाएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नयाँ भेरियन्टविरुद्ध लड्न कोरोनाविरुद्धका कुनै पनि खोप प्रभावकारी नबन्न बताउँदै आएको छ। अन्य भेरियन्टभन्दा ओमिक्रोन निकै घातक रहेको र तीव्ररुपमा फैलिरहेको चेतावनीसमेत डब्ल्युएचओले दिँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here