नेकपा माओवादी (केन्द्र) बागमती प्रदेशको अधिबेशन सम्पन

पौष – ६ । नेकपा माओवादी (केन्द्र) बागमती प्रदेशको अधिबेशन सोमबार सम्पन्न भएको छ ।अधिबेशनबाट अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनु भएको छ । सोमबार राती सम्पन्न निर्वाचनबाट अध्यक्षमा पौडेल निर्वाचित भएको हो । त्यससँगै उपाध्यक्षमा राम प्रसाद ढुङ्गाना, रुपा महर्जन, प्रेम बहादुर पुलामी निर्वाचित हुनुभएको हो ।

भने सचिवमा इन्द्र बहादुर थिङ (छिन्ताङ) निर्वाचित हुनुभएको छ भने सह–सचिवमा धादिङका दलबहादुर बुर्लाकोटी(विजय), रसुवाका माधव लामिछाने(समिर) र प्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित हुनुभएको हो ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here