म्हेन्दोमाया कलाकार संघको दोस्रो महाधिवेशन एबं छैठौं साधारण सभा सम्पन्न

काठमाडौ । म्हेन्दोमाया कलाकार संघ नेपालको केन्द्रिय महाधिवेशन शनिबार काठमाडौको गोङ्गबु स्थित क्वालीटि क्याफेमा सम्पन्न भएको छ ।

म्हेन्दोमाया कला सस्कृतिको सरक्षण र सवर्धनको हेतुले गठित छैठौं साधारण सभा तथा दोस्रो अधिबेशनबाट राम गोम्जा को अध्यक्षतामा १३ जनाको नव गठित पदाधिकारी चयन गरिएको छ ।

कार्यक्रमका सभापति निवर्तमान अध्यक्ष राजकिङ वाइबा र नेपाली काङ्ग्रेस नुवाकोटको प्रतिनिधि सभा सदस्य बहादुर सिङ लामाको प्रमुख अतिथ्यातामा सम्पन्न भएको थियो ।

म्हेन्देमाया गीत संगीत बारेमा म्हेन्दोमाया गीत संगीतका सर्जक सन्दीप स्याम्चेन तामाङको धारणा !

विशेष गरि तामाङ लगायत अन्य समुदायले समेत अत्यन्तै रुचाइएको म्हेन्दोमाया, म्हानेदोरा, साइकोले, वारवार, बोम्ताङ गीतहरु जस्तै आ-आफ्नै छुट्टै कथामा समार्पित भै गीत संगीतको माध्यम बाट नेपाल देखि संसार भर गुन्जाउने भाका हो म्हेन्दोमाया ! त्यही म्हेन्दोमाया गीत संगीत लाइ जिवित राख्नका लागि बिगत देखि लागि परेका तामाङ कलाकार हरुको छाता सङ्घठन हो म्हेन्दोमाया कलाकार संघ ।

मुख्य गरि नेपालको धादिङ रसुवा नुवाकोटमा मात्रै सुनिने र गाइने म्यन्दोमाया पछिल्लो समयमा देश बिदेशमा समेत सुन्ने, गुन्जने गरिएको छ । कलाकारहरुले आफ्नो कला प्रस्तुत गरि आम्दानीको स्रोत बनाउदै आफ्नो पहिचान समेत बनाउन सफल भएका छन । एबं यहीँ गीत संगीतको भर मै जिविका चलाउन समेत सफल भएका छ्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here