हैटीमा बन्धक बनेका सबै अमेरिकी धर्म प्रचारक छुटे

एजेन्सी । हैटीमा बन्धक बनेका सबै अमेरिकी धर्म प्रचारक छुटेका छन्। हैटीको अपहरणकारी समुहले अपहरण गरी बन्धक बनाएका अमेरिकाका क्रिष्चियन धर्म प्रचारक दुई महिनापछि छुटेका हुन्।
हैटीको प्रहरी र चर्च समुहले शुक्रबार सो जानकारी दिएको हो। प्रहरीकाअनुसार हैटीमा बन्धक बनेका अमेरिकाका बाँकी धर्म प्रचारक बिहिबार सकुशल छुटेका हुन्।
करिब दुई महिनाअघि हैटीको शसस्त्र अपहरणकारी समुहले अमेरिकाका १७ क्रिष्चियन धर्म प्रचारक समुहलाई अपहरण गरि थुनामा राखेको थियो। सो समुहले धर्म प्रचारक १७ जनामध्ये पाँच जनालाई यसअघि नै अपहरणमुक्त गरेको थियो। बाँकी रहेका १२ जनालाई बिहिबार बन्धक मुक्त गराएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here