नुवाकोटमा बाताबरण संरक्षणका लागि साङ्केतिक रुपमा साइकल र्‍यालीको आयोजना

    नुवाकोट । समृद्ध नुवाकोटमा आवद्ध अभियन्ताहरुको आयोजनामा ‘ साईकलमा यात्रा गरौं, प्रदुषण हटाऔं ‘ भन्ने मुल नाराका साथ शनिबार नुवाकोटको बिदुर नगरपालिकाको बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पस गेटदेखि बेलकोटगढी नगरपालिकाको महादेवफाँट सम्म साइकल र्‍याली गरिएको छ । प्रदुषण कम गरि बाताबरण संरक्षणका लागि जनचेतना जगाउने उदेश्यले साइकल र्‍यालीको आयोजना गरिएको अभियान्ताहरुले बताए ।

    यस्तै बिश्वमा बढिरहेको प्रदुषणका कारण पृथ्वीमा देखिएको मौसम परिवर्तनले मानव जिवनमा समेत नकारात्मक परिरहेको अवस्थामा इन्धन जन्य सवारीसाधन विस्थापित गरि बाताबरण मैत्री सवारीसाधन प्रयोग गरौं भन्ने संदेश दिनका लागि साइकल र्‍याली गरिएको अभियन्ता भट्टले जानकारी दिनुभयो । र्‍यालीमा २० भन्दा माथी साइकल यात्रीहरु सहभागी थिए । 
    (source: bhairabikhabar.com)

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here