माध्यमिक तहको १५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन खुल्यो

काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तहको विज्ञापन खुलाएको छ। आयोगले १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको सूचना अधिकारी सुदर्शन मरहठाले जानकारी दिए।

उनका अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्ब शुल्कमा परीक्षा आवेदन फारम भर्नुपर्ने छ। ‘चैत १५ परीक्षा सञ्चालन हुनेछ। परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको बताए ।
विज्ञापन भोलिको गोरखापत्र दैनिकमा प्रकाशन हुने उनले बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here