नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज)नुवाकोटको अध्यक्षमा शक्तिमाया तामाङ चयन

    नुवाकोट । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) नुवाकोटको अध्यक्षमा शक्तिमाया तामाङ चयन भएकी छन्।

    जिल्ला शाखा नुवाकोटको चौथौं अधिवेशनले शक्तिमाया तामाङलाई पुन:अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । तामाङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति समेत गठन भएको छ ।

    नयाँ कार्यसमितिको उपाध्यक्षमा राकेश डङ्गोल, सचिवमा सुनिल श्रेष्ठ र कोषाध्यक्षमा भगवती लामा चयन भएका छन् । यस्तै सदस्यहरुमा होमबहादुर तामाङ, शर्मिला थापामगर, मनिष नगरकोटी, सञ्जु तामाङ र भावना तामाङ सर्वसम्मत चयन भएका छन् ।
    अधिवेशनले संघीय प्रतिनिधिमा नवदिप श्रेष्ठ, गमला लामा र अनुजकुमार श्रेष्ठलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा राम श्रेष्ठ, भरतसन्तोषी लामा र प्रताप तामाङलाई चयन गरेको छ । फोनिज नुवाकोटको सल्लाहकारमा श्रीराम श्रेष्ठ र राजकृष्ण श्रेष्ठलाई चयन भएका छन् ।
    कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगरको प्रमुख आतिथ्यता रहेको थियो ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here