स्थानीय तहको निर्वाचन वैशाख भित्रै हुने !

मंसिर – २४ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गरेको बताएका छन् ।

संखुवासभाको खाँदबारीमा शुक्रबार आयोजित कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन वैशाखभित्र सम्पन्न गराउन आयोगले तयारी थालिसकेको बताएका हुन् ।
थपलियाका अनुसार यो पटक देशका सबै स्थानीय तहमा एकैसाथ निर्वाचन गरिने छ । राजनीतिक अनुकुलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने उनको भनाइ छ । उनले प्रदेश र केन्द्रको निर्वाचनका बारेमा भने केही बोलेनन् ।
प्रमुख आयुक्त थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here