इथियोपियामा खाद्यान्न गोदाम लुटिएपछि राष्ट्र संघले रोक्यो वितरण

एजेन्सी । संयुक्त राष्ट्रसंघीय निकाय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपि)ले इथियोपियामा खाद्यान्न वितरण कार्यक्रम रोकेको छ। डब्ल्युएफपिले खाद्य सहयोगअन्तर्गत खाद्यान्न भण्डार गरेको गोदाम लुटिएपछि संघले इथियोपियाका दुई मुख्य सहरमा वितरण कार्यक्रम रोकेको हो।
विद्रोही टायग्रे समूहका लुटेराहरुले कोबोल्चा सहरस्थित खाद्य सामग्री चोरी गरेको राष्ट्र संघले बताएको छ। उनीहरुले ठूलो मात्रामा आधारभूत खाद्य सामग्री चोरी गरेको बताइएको छ। सो सामग्री चोरी भएपछि आफूहले इथियोपियाका विभिन्न दुई मुख्य सहरको खाद्यान्न वितरण कार्यक्रम रद्द गरेको राष्ट्र संघले जनाएको छ।
लामो समयसम्म द्वन्द्वको चपेटामा परेको इथियोपियामा भोकमरी छाएको छ। त्यहाँका लाखौं मानिसलाई ठूलो मात्रामा तत्काल खाद्यान्न आवश्यक रहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here