अमेरिका पछि अष्ट्रेलियाले पनि बेइजिङ ओलम्पिक्स बहिष्कार गर्ने

अन्तर्राष्ट्रिय खबर । अष्ट्रेलियाले पनि चीनको राजधानी बेइजिङमा हुने सितकालीन ओलम्पिक्स खेलकुद बहिष्कार गर्ने भएको छ। अमेरिकाको कदम पछ्याउँदै अष्ट्रेलियाले बुधबार कूटनीतिकरुपमा सो खेलकुद बहिष्कार गर्ने निर्णय गरेको हो।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बुधबार चीनसँगको सम्बन्धलाई थप जोखिमपूर्ण बन्न नदिन आफू पनि अमेरिकाको निर्णयसँग सामेल भइ बेइजिङमा हुने सितकालीन ओलम्पिक्स बहिष्कार गर्ने बताएका छन्।
‘अष्ट्रेलियाली सरकारका अधिकारीहरु सो खेलकुदमा सहभागी हुन बेइजिङ नपुगे पनि अष्ट्रेलियाली खेलाडीले भने सो प्रतिस्पर्धामा भाग लिनेछन्,’ मोरिसनले रिपोटरहरुसँग भनेका छन्।
अमेरिकाले सोमबार सितकालीन बेइजिङ ओलम्पिक्स कूटनीतिकरुपमा बहिष्कार गर्ने घोषणा गरेको थियो। चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण सो प्रतियोगितामा आधिकारिक प्रतिनिधि नपठाउने निर्णय गरेको अमेरिकी पक्षले जनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here