पाँचौ पटक हिमालपारीको जिल्ला मनाङ मा राहात सामाग्री लिएर पुगे दिनेश तामाङ

धादिङ । नासों गाउपालिका र चामेगाउपालिकाको सिमाना दानाक्यू मा अवस्थित श्री ज्ञानोदय आधारभुत बिधालय का सम्पुर्ण छात्रा-छात्र हरूलाई “न्यानो बाढौं,खुशी साटौं !” अभियान अन्तर्गत नमो बुद्द धर्म सेन्टर हङकङका अध्यक्ष पदम कुमारी गुरूङको जन्म दिनको अवसरमा र धर्मसेन्टरको सक्रिय सदस्य तथा सहयोगीमनकी धनी भिमकासी तामाङको संयुत्त सहयोगमा न्यानो ज्याकेट, बिधालय झोला,कपी-कलम,पेन्सिल लगायतका सामाग्री एक कार्यक्रमका बीच बितरण गरिएको छ ।
न्यानो बाढौं,खुशी साटौं अभियानका संयोजक तथा २०७५ का ‘नागारिक बर्ष नायक’ दिनेश तामाङ ले कार्यक्रमको बारेमा स्पष्ट पार्दै सहयोगी मनका धनी सबैलाई धन्यबाद समेत ज्ञापन गर्नु भयो र ती जाडो बाट प्रभाबित छात्रा-छात्र लाई ज्याकेट लगाईदिदै खुशी साट्नु भएको कार्यक्रममा सहभागी तथा कार्यक्रम संचालक ताल स्वास्थ्यचौकीका ईन्चार्ज धन बहादुर तामाङ ले होराईजन खबर लाई जानकारी गराउनु भयो ।
कार्यक्रममा सहभागी नासों गाउपालिका वडा नम्बर ९ का कार्यबाहक अध्यक्ष श्री सुनिल गुरूङ, ज्ञानोदय आ.बि. का प्रधानाध्यपक श्री बिष्णु घले ले नासों गाउपालिकाकै सबै भन्दा जाडो ठाउमा रहेको बिधालयका छात्रा-छात्रहरूलाई यो उपहार अतिनै लाभदायी भएको र अबिष्मरणीय समेत रहने बिश्वास गर्दै बिशेष गरी जन्मदिनको अवसरमा जन्मदिनको उपहार स्वरूप सहयोग पठाउने पदमकुमारी गुरूङ र भिमकासी तामाङ लाई धन्यबाद र जन्मदिनको शुभकामना समेत ब्यक्त गर्दै सहयोग सामाग्री बितरणमा संयोजनको भुमिका खेल्नु हुने दिनेश तामाङ ज्यु हार्दिक आभार एबं धन्यवाद व्यक्त गर्नु भयो ।
सो कार्यक्रममा सहभागी नासो-१ र ३ का वडा अध्यक्ष द्वय झलक गुरूङ मिन बहादुर गुरूङ ले दिनेश तामाङ जी ले नासों गाउपालिका लाई अहिले सम्म ५ पटक सम्म आउनु भएर पुरै गाउँपालिका भरि राहात र उपहार स्वरूप बिभिन्न कार्यक्रम गरेर ठुलो गुण लगाउनु भएको र सम्मानयोग्य कार्य भएको बताउनु भयो । कार्यक्रममा सहभागी ताचै बगरछापका भुपु प्रधानपञ्च, गाबिस अध्यक्ष एबम बुद्दिजिबी मिङमार बिष्ट ले अहिले सम्म गर्नु भएको मानबीय सेवा प्रति सबै सहयोगीलाई धन्यबाद दिदै आगमी दिनहरूमा पनि निरन्तर सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा समेत गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here