यो वर्षकै न्यून बिन्दुमा झर्‍यो सेयर बजार; किन निरन्तर ओरालो लागिरहेको छ सेयर बजार ?

आर्थिक खबर । सेयर बजार २०७८ सालकै न्यून बिन्दुमा झरेको छ । बजारको परिसूचक नेप्से ५३ अंकले झरेसँगै २४५५ अंकमा कायम भएको छ । यो अंक २०७७ चैत ४ गतेयताकै न्यून विन्दु हो । २०७७ चैत ४ गते बजार २४३१ अंकमा थियो ।

मुख्यत: बैंकहरुमा तरलताको चरम संकट उत्पन्न भएसँगै बजार प्रभावित भएको हो । भदौको ३ गते कारोबार भइरहँदा परिसूचकले ३२ सय अंक नाघेको थियो । कारोबार बन्द हुँदा भने भदौ २ गते ३१९८ को अंक नै हालसम्मकै उच्चतम अंक हो ।
बुधबार जम्मा २ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम पनि पछिल्ला दिनमा घटेको छ । मंगलबार ३ अर्ब १२ करोड तथा सोमबार ४ अर्ब ५४ करोडको कारोबार भएको थियो । बजार उच्चतम अंकमा पुगेका बेला (साउन अन्तिम र भदौको पहिलो साता) दैनिक २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको थियो ।
बुधबार सेयर बजारका सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ २६, ब्यापार ९९, होटल तथा पर्यटन ७५, विकास बैंक १५१, जलविद्युत ८९, फाइनान्स ७४, निर्जीवन बीमा २३५, उत्पादन १७०, अन्य २२, माइक्रोफाइनान्स १२५ र जीवन बीमा उपसमूह २९४ अंकले घटे । यस दिन ७ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । १८१ कम्पनीको मूल्य घटेको छ । स्टान्डर्ड चार्टड बैंकको मूल्य सबैभन्दा धेरै १.९४ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here