जापानमा विदेशी विद्यार्थीलाई ड्युटी फ्रि सेवा बन्द

अन्तरास्ट्रिय खबर । जापान सरकार र त्यहाँको सत्ताधारी दलले विदेशी विद्यार्थीलाई ड्युटी फ्री (भन्साररहित) सेवा प्रणाली हटाउने निर्णय गरेको छ। भन्सार सेवामा विभिन्न शंकास्पद् केसहरु फेला परेको र सो सेवा प्रणाली झन्झटिलो भएको भन्दै व्यापक प्रतिक्रिया आएपछि सरकारले सो निर्णय गरेको हो।
सरकारको नयाँ निर्णय विदेशी विद्यार्थी र लामो समयदेखि जापानमा बसोबास गर्दै आएका आप्रवासीहरुको हकमा लागू हुने छ। सो निर्णय आर्थिक वर्ष २०२२ देखि लागू हुने क्योडो न्युजमा समाचार छ।
हलको नियमअनुसार लामो समयदेखि जापानमा बसिरहेका विदेशी विद्यार्थी र पार्ट टाइम जब नभएकाहरुले जापान प्रवेश गरेको ६ महिनाभित्रमा भन्साररहित सेवा उपभोग गर्न पाउने व्यवस्था थियो। नयाँ निर्णयअनुसार सो सेवा हट्ने स्थानीय मिडियामा खबर छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here