नुवाकोटमा एक पुरुषको विभत्स हत्या !

    नुवाकोट । नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ राहुटार स्थायी ठेगना भएका सुमन थापाको तलाखुमा विभत्स हत्या भएको छ।
    राहुटारका भिमसेन थापाको २० वर्षीय छोरा सुमन थापाको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
    पन्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डिल्लीबहादुर थापाका अनुसार हत्या गरिएको थापा तलाखु-काठमाडौं संचालित बसको सहचालक हुन।
    सो बसदेखि ४ सय मिटर हत्या गरी फालिएको अवस्थामा शव स्थानीयले देखी प्रहरीलाई खबर गरेका थिए । रोकी राखेको बस र सडकमा रगत देखिएको र शरीरभरी रगत र चोटपटक देखिएको छ।

    घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here