जनसास्कृतिक महासङ्घ नेपाल बागमति प्रदेश सदस्यमा धादिङका सन्दिप स्याम्चेन,जुनु घलान र शम्भु त्रिपाठी

मंसिर – २१ । बागमति प्रदेश जन सास्कृतिक महासङ्घको प्रथम सम्मेलान सोमबार ललितपुर जिल्ला बालकुमारी रोज ब्यान्केट सभा हलमा सम्पन्न भएको छ ।

उक्त भेलाले प्रथम जन सास्कृतिक महासङघ बागमाती प्रदेशको समितिमा चर्चित सेलो गायक/गितकार /संगीतकार बिश्वा दोङको अध्यक्षतामा ५१ जनाको प्रदेश समिती गठन गरिएको छ ।

देश भरका १३ वटा जिल्लाबाट नै एक जना जिल्ला अध्यक्ष चयन एबं २ जना प्रदेश सदस्य १ जना केन्द्रिय महासङ्गघमा आबद्ध हुने गरि समितिहरु गठन गरि सम्मेलन टुग्याइएको थियो भने, चलचित्र जनासास्कृतिक, लेखा जना सास्कृतिक,जनाकलाकार सास्कृतिक गरि विभिन्न समूह बनाइ गठन गरिएको थियो निर्वाचन अधिकृत सहिद फिल्मका नायिका बिमला केसि ज्युले गर्नु भएको थियो ।

त्यसैगरी धादिङ जिल्ला बाट जिल्ला जनसास्कृतिक अध्यक्षमा सन्दिप स्याम्चेन तामाङ लाई तोकिएको छ । प्रदेश सदस्य स्वत उहाँ पनि र जुनु घलान तामाङ अनि केन्द्रिय जन सास्कृतिकको लागी शम्भु त्रीपाठीलाई प्रतिनिधि तोकिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र पार्टीका पोलिट ब्यूरो सदस्य एवम बागमति प्रदेश इन्चार्ज हितमान शाक्य र सभापति नेपाल जनसास्कृतिक महासङ्घको संयोजक केशर कालिकोटेको अध्यक्षतामा र नेपाल जनासास्कृतिक महासङ्गघको केन्द्रिय अध्यक्ष सरल सहयात्रीको विशेष अतिथि र अतिथिहरुमा जनासास्कृतिक चलचित्रकर्मीहरु बरिस्ठ चलचित्र निर्माता छबीराज ओझा,उदय सुब्बा,बरिस्ठ संगीतकार /गितकार चेतन साप्कोटा,सेलो गायक हरि योन्जन लगायत थुप्रै चर्चित क्रान्तिकारी जनावादी कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here