कोरोना सङ्क्रमणबाट नुवाकोटमा एक जनाको मृत्यु

मंसिर – २० । नुवाकोटमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षिय एक महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
उनको शनिवार त्रिशुली अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
नुवाकोटमा हालसम्म ८ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ हजार ३ सय ८ जना कोरानामुक्त भएर घर फकिएका छन् ।
जिल्लामा हालसम्म २८ हजार ६ सय ७४ जनाको पिसिआर परिक्षण गरिएको छ । नुवाकोटमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये १५ जना होम आइसोलेसनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here