विवादित सीमा क्षेत्र लद्धाखमा इजरायली ड्रोन तैनाथ

अन्तर्राष्ट्रिय खबर । वास्तविक नियन्त्रण रेखा (एलएसी)माथि चीन र भारतबिच जारी तनावबीच इजरायलले भारतलाई ड्रोन उपलब्ध गराएको छ। विवादित सीमा क्षेत्रमा चीनको गतिविधि निगरानी गर्न इजरायलले भारतीय सेनालाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको हो।
कोरोना महामारीका कारण हेरोन नामक इजरायली ड्रोन भारत पुग्न करिब एक महिना ढिलाई भए पनि हाल सो ड्रोन भारतीय सेनाले प्राप्त गरेको भारतीय मिडियामा खबर छ। ‘भारतले अत्याधुनिक ड्रोन पाएको छ,’ भारत सरकारको उच्च स्रोतले मंगलबार समाचार एजेन्सी एएनआइसँग भनेको छ, ‘चिनियाँ गतिविधि नियाल्न सो ड्रोन चाडै नै पूर्वी लद्धाख क्षेत्रमा तैनाथ गर्ने तयारी चलिरहेको छ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले आपत्कालीन वित्तीय शक्तिअन्तगत इजरायलबाट अत्याधुनिक ड्रोन खरिद गरेको बताइएको छ। चीनसँग जारी सीमा संघर्षबीच आफ्नो युद्ध क्षमता उन्नत बनाउन मोदी सरकारले ५ सय करोड भारु बराबरको युद्ध उपकरण खरिद गर्ने योजना बनाएको स्थानीय मिडियामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here