राप्रपाको एकता महाधिवेशन आजबाट काठमाडौमा सुरु हुँदै

राजासहित हिन्दूराष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आजबाट काठमाडौमा सुरु हुँदैछ ।

भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् ।महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।

आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्ने बुझिएको छ ।
तीन जना अध्यक्षमध्ये प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । अध्यक्षत्रयमध्ये पशुपति शमसेर राणाले पनि निर्वाचन नलड्ने बताइसकेका छन् ।
केन्द्रिय महाधिवेशनमा धादिङका ५ जनाले उम्मेदवारी दिने तयारी गरेको छ ।
कस्ले कुन पदमा उम्मेदवारी दिने नटुंगिएपनि बुद्धिमान तामाङ, नेताहरु ठाकुर शर्मा, डम्बर बहादुर तामाङ, अजय रिमाल र श्याम तामाङले उम्मेदवारी दिने तयारी गरेको छ । राप्रपाको धादिङमा ३ हजार ७६ जना कृयाशिल सदस्य छन् । महाधिवेशनका लागि ६४ जना प्रतिनिधि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here