स्व. पोष्टबहादुर बोगटीकी छोरी माओवादी केन्द्र विदुर नगर कमिटीको अध्यक्ष बनिन्

    नुवाकोट । नेकपा माओवादी (केन्द्र) विदुर नगर कमिटीको अध्यक्षमा प्रभा बोगटी निर्वाचित भएकी छन् । 

    शनिवार भएको दोस्रो सम्मेलनबाट बोगटी नुवाकोटको विदुर नगरपालिकास्तरीय कमिटीको अध्यक्ष निर्वाचित बनेकी हुन् । लामो समय पत्रकारिता गरेकी प्रभा माओवादीका पूर्व महासचिव स्व. पोष्टबहादुर बोगटीकी छोरी हुन् । 

    त्यस्तै नगर कमिटिको उपाध्यक्षमा वद्रि प्याकुरेल, कृष्ण आनन्द विक र सम्पूर्ण अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन । कमिटिको सचिवमा भोजराज पनेरु, सहसचिवमा सञ्जिव थपलिया, कोषाध्यक्षमा नारायण प्रसाद रिमाल सहित सम्मेलनबाट ६५ सदस्यीय कमिटि चयन भएको छ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here