रुस, भारत र चीनका विदेशमन्त्रीहरु बीच तीन पक्षीय वार्ता

अन्तर्राष्ट्रिय खबर । रुस, भारत र चीनका विदेशमन्त्रीबीच वार्ता भएको छ। तीन पक्षीय विदेशमन्त्रीबीच शुक्रबार भर्चुअल माध्यमबाट वार्ता भएको हो।

तीन पक्षबीच भएको १८औं वार्तामा आतंकवाद, लागुऔषध तस्करी र अफगानीस्तानमा मानवीय सहायता पठाउने सम्बन्धमा छलफल भएको भारतीय मिडियामा खबर छ। सो बैठकमा चीन र भारतको विवादित सीमा सम्बन्धमा समेत छलफल भएको बताइएको छ।
भारतीय विदेशमन्त्री शुर्वमन्यम जयशंकरले तीन देशबीच बहुपक्षीय प्रणालीमा सुदृढ गर्न, बहुध्रुवीय र विश्वसँग सन्तुलित रहन चीन र रुससँग आग्रह गरेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here