निशुल्क गलैंचा बुन्न सिकेर मनग्य आम्दानी गर्दै धादिङका महिला दिदिबहिनीहरु

होराईजन सम्बाददाता । धादिङबेसिमा गलैँचा बुन्ने पेसामा महिलाहरुको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ ।

विषेश गरि बजार आसपास कोठामा बस्ने एबं घरायसी काम गर्ने महिलाहरु गलैंचा बुन्ने काम संगै आफ्ना बाल बच्चाहरुलाई स्याहार गर्दै गलैंचा बुन्न आउने साथै कलेज पढ्दै गरेका युवायुवतीहरु समेत सिक्न आउने गरेका गलैंचा कम्पनीका प्रो. लिडिया तामाङले होराईजन खबरलाई बताइन् ।

६ बर्ष अगाडि साङकोष बाट सन्चालन थालिएको यस कम्पनीले अहिले रायटार, दामगाडी, खानीगाउँ लगायतका ठाउँहरुमा गलैंचा बुन्ने कामलाई बिस्तार गरिएको छ । यस कम्पनीमा सिकेर  गलैंचा बुन्नेहरुले, प्रत्येक महिनाको १५ देखि ३० हजार सम्म आम्दानी गरिरहेका कम्पनीका संचालक तामाङले बताइन् । हाल यस कम्पनीमा खनियाबास, रुविभ्याली, रिका भुइचालो विस्थापित एबं अन्य महिला दिदि बहिनीहरु एबं केहि पुरुष दाजुभाइहरु पनि  सिक्न आउने गर्दछन ।

केही महिना अगाडि गलैंचा कम्पनीसंग समन्वय गरि ३ महिनाको लागि ३० जना महिलाहरुलाई नि:शुल्क तालीम  समेत संचालन  गरिएको थियो । अहिले ती निशुल्क सीप सिक्नेहरु आफै बुन्न सक्ने भएका छन ।

साथै गलैँचा कम्पनीमा आएर गलैँचा बुन्ने इच्छा भएका व्यक्तिहरुले लिडिया तामाङलाई फोन गर्न समेत आग्रह गर्नु भएकी छिन, उनी भन्छिन, जिल्ला भरिका विभिन्न निकायहरुसंग समन्वय गरेर पुर्ण निशुल्क तालीम संचालन गर्ने र आम्दानीको स्रोत नभएका, बेरोजगार , सर्वसाधारणहरुलाई सीप सिकेर आयआर्जन गर्ने इच्छा भएका ब्यक्तिहरुलाई उक्त प्रतिस्थानमा सम्पर्क गर्न अनुरोध गर्दछिन ।

प्रो. लिडिया तामाङ, बुद्धिसिंङ तामाङ  (रायटार)
फोन न:९८४१६१६८७९

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here