‘ओमिक्रोन’ नामक कोरोनाको नयाँ भेरियन्ट फेला, संक्रमण दर उच्च

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको उत्परिवर्तित रुपलाई ‘ओमिक्रोन’ नामाकरण गरेको छ। धेरै पटक उत्परिवर्तन भइसकेकाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट खतरनाक रहेको वैज्ञानिकहरुले दावी गरेका छन्। 
डब्लूएचओले ओमिक्रोन भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ। संक्रमण दर उच्च भएपछि त्यसलाई भेरियन्ट अफ कन्सर्न घोषणा गरिन्छ।  डब्लूएचओले ओमिक्रोन नामक नयाँ भेरियन्टको संक्रमण दर उच्च रहेको जनाएको छ। दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको ओमिक्रोन भाइरस हङकङ, बेल्जियम, बोत्स्वाना र इजरायलमा समेत भेटिएको बीबीसीमा समाचार छ।  
कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि बेलायतले शुक्रवार दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएउने निर्णय गरेको थियो। दक्षिण अफ्रिकामा कोरोनाको उत्परिवर्तित भाइरस देखा परेपछि दक्षिण अफ्रिकाका ६ देशका नागरिकलाई बेलायतले प्रवेशमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here