सोमालियाका प्रख्यात पत्रकार अब्दियाजिज मोहमसदको हत्या

अन्तर्राष्ट्रिय खबर । सोमालियाका प्रख्यात पत्रकार अब्दियाजिज मोहमसद गुलेद आत्मघाति बम विष्फोटमा मारिएका छन्। इस्लामिस्ट लडाकु समूहको आलोचकको रुपमा चिनिएका पत्रकार अब्दियाजिजको आइतबार राजधानी मोगादिसुमा हत्या भएको हो।
सहरको रेस्टुरेन्टबाट निस्कँदै गर्दा मध्यान्हमा उनीमाथि हमला भएको थियो। उक्त घटनामा अरु दुईजना घाइते भएका छन्। घाइतेहरूको अहिले अस्पतालमा उपचार भइरहेको छ। अल शबाबले यस घटना आफूले गराएको दाबी गरेको छ। अब्दियाजिज अफ्रिका नामले समेत चिनिने पत्रकार रेडियो मोगादिसुमा कार्यरत थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here