काङ्ग्रेस १४ औ महाधिवेशनमा जिल्ला सदस्य ‘खुल्ला’ तर्फ तार्केल तामाङको उम्मेदवारी घोषणा

धादिङ । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा खुल्ला तर्फ बाट जिल्ला सदस्यमा तार्केल तामाङले उम्मेदवारी घोषणा गरेका छन ।

धादिङको रुबिभ्याली गा.पा. वडा ४, साबिक सेर्तुङ गाबिस वडा न ९ मा जन्मिएका तामाङ लामो समय देखि नेपाली कांग्रेस पार्टीमा आबद्ध भै विभिन्न किसिमका सामाजिक कार्यमा सकृय साथ लाग्दै आएका थिए ।

समाजको बिकृती, बिसंगती, कु-संस्कार अनि कु-रिति थिती निर्मूल पार्न यूवा नेतृत्व आवश्यकता छ भन्ने परिवर्तनको बिगुल फुक्दै युवा नेतृत्व बिना समाज परिवर्तनको परिकल्पना समेत गर्न सकिन्न भन्ने सोच बोकेर आफुले उक्त पदमा उम्मेदवारी घोषणा गरिएको तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here