विश्व मै दुर्लभ मानिने घना र ठूलो जङ्गल अमेजनमा वर्षेनि २२ प्रतिशत वन विनाश हुँदै

एजेन्सी । ब्राजिलको अमेजन रेन फरेस्ट (वर्षा वन) वर्षेनि २२ प्रतिशतको दरले विनाश भइरहेको एक तथ्यले देखाएको छ। ब्राजिलको स्पेस रिसर्च एजेन्सीले गरेको नयाँ अध्ययनले अमेजन जंगल वर्षेनि २२ प्रतिशतले विनाश भइरहेको देखाएको हो।
ब्राजिलको अमेजन संसारका लाखौं आदिवासी मानिससहित लाखौं वनस्पती, जीवजन्तु र जनावरको घर मानिन्छ। बढ्दो वैश्विक तापक्रम वृद्धिका लागि अमेजन जंगलले कार्वन सञ्चित गरी तापक्रम वृद्धि रोक्नमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
तर सोही जंगल १५ वर्षमा सबैभन्दा बढी विनाश भएको समेत अध्ययनले देखाएको छ। एजेन्सीको नयाँ तथ्यांकअनुसार सन् २०२०-२१ मा मात्र करिब १३ हजार २३५ स्क्वायर किलोमिटर वन विनाश भएको छ। जुन सन् २००६ यताकै उच्च वन विनाश हो। डढेलो, चोरी निकासी र काठ तस्करीका कारण अमेजन जंगल वर्षेनि २२ प्रतिशतले विनाश भएको सो तथ्यांकमा उल्लेख छ।
जलवायु सम्मेलन कोप २६ मा संसारका १ सय मुलुकमध्ये ब्राजिलले पनि सन् २०३० सम्ममा अमेजनको वन विनाश रोक्ने वाचा गरेको छ। ब्राजिलका वातावरणमन्त्री जाओक्विम लेइटले नयाँ तथ्यांकले वन जोगाउन नयाँ चुनौति थपेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here