नुवाकोट काङ्ग्रेस क्षेत्र नम्बर २ प्रदेश (ख) मा गणेश तामाङको प्यानल नै विजयी

    नुवाकोट, मंसिर- ५ । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश (ख) को सभापतिमा गणेश तामाङ नेतृत्वको प्यानल नै निर्वाचित भएको छ ।

    शनिवार दिउँसो सम्पन्न भएको मतगणनामा आफ्ना निकटतम प्रतिद्धन्दी आतमसिं तामाङलाई पराजित गर्दै गणेश तामाङको प्यानलनै विजयी भएको हो ।
    सभापतिमा विजयी भएका गणेश तामाङले २ सय ४२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी आमतसिं तामाङले एकसय ५२ मत प्राप्त गरे ।
    यस्तै उप–सभापतिमा लालवहादुर तामाङ र झंकप्रसाद भट्ट विजयी भएका छन् । लालवहादुरले २ सय ४६ मत प्राप्त गर्दा भट्टले २ सय ३८ मत पाएर विजयी भए ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here