भारतीय रास्ट्रपति मोदी र रुसका रास्ट्रपति पुटिनबीच डिसेम्बरमा प्रत्यक्ष भेट हुँदै

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनसँग प्रत्यक्ष भेट्ने भएका छन्। मोदीले डिसेम्बर ६ मा रुसी राष्ट्रपति पुटिन्सँग भेट्ने कार्यक्रम आयोजना गरेका हुन्।
प्रत्यक्षरुपमा हुने दुई पक्षीय भेट लोक कल्याण मार्गमा हुने बताइएको छ। सो भेटमा पुटिनले मोदीसँग अफगानिस्तान मुद्दा, प्रशान्त क्षेत्र, रणनीतिक स्थायित्व, जलवायु परिवर्तन, मध्य पूर्वी मुलुक र आतंकवादी समूह र सुरक्षा आदि सम्बन्धमा छलफल हुने हिन्दूस्तान टाइम्समा खबर छ।
सोही दिन रुसी र भारतीय विदेश मन्त्रीबीच समेत अलग्गै भेट हुने कार्यक्रम रहेको बताइएको छ। दुई राष्ट्र प्रमुखको सो भेटमा रुस र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने योजना रहेको समेत समाचारमा उल्लेख छ।
रुसले हालै अत्याधुनिक एस–४०० क्षेप्यास्त्र प्रणाली मोदी सरकारलाई पठाउन थालेकोछ । रुस र भारतको सो कदमले अमेरिका चिन्तित बनेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here