पद्मश्री अवार्डबाट सम्मानित कंगनाविरुद्ध देशद्रोहीको मुद्दा दायर

एजेन्सी । भारतको प्रख्यात एबं पद्मश्री अवार्डबाट सम्मानित अभिनेत्री कंगना रनौतविरुद्ध धनवाद अदालतमा मुद्दा दायर भएको छ । 

मुद्दा दायर गर्ने पान्डरपालाका सामाजिक कार्यकर्ता इजहार अहमद ‘बिहारी’ हुन् । उनले दिएको मुद्दामा भनिएको छ कि कंगनाले देशद्रोही साथै भारतलाई गिराउने खालको अभिव्यक्ति दिएकी छन् । यो मुद्दामा आगामी सुनुवाइ नोभेम्बर २० मा हुनेछ । 

कंगनाले भारतले १९४७ मा पाएको स्वतन्त्रता भिखमा पाएको, वास्तविक स्वतन्त्रता मोदी सरकार बनेपछि २०१४ मा मिलेको भनेर अभिव्यक्ति दिएकी थिइन् । 
इजहारले कंगनाले विवादित अभिव्यक्ति दिएर भारतको बदनाम गरेको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here