नेपाली कांग्रेसको धादिङको सभापतिमा रामनाथ अधिकारीको उम्मेदवारी घाेषणा

धादिङ । नेपाली कांग्रेस धादिङको १४ औं जिल्ला अधिवेशनमा सभापतिका लागि रामनाथ अधिकारीले प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन् । अधिकारी नेपाली काँग्रेस धादिङका पुर्वसभापति समेत हुन् ।

त्यसै गरि प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा क्षेत्र न. १ मा कुमार बहादुर सिंखडा र क्षेत्र न. २ मा राकेश धमलाले उम्मेदवारी दिने भएका छन् ।

प्रदेश सभा क्षेत्रीय सभापतिमा क्षेत्र न. १ (क) मा राजकुमार कुँवर, १ (ख) मा बिष्णुप्रसाद रुपाखेती उम्मेदवार छन् भने क्षेत्र न. २ (क) मा होमबहादुर गुरुङ र क्षेत्र न. २ (ख) मा हरि तामाङले उम्मेदवारी अाजै घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here