बाइडेन र सी बीचको ३ घण्टा लामो वार्ताले अमेरिका र चिन बीचको सम्बन्धमा केही आशा

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चीनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच ३ घण्टा लामो वार्ता भएको छ। दुई शक्ति राष्ट्रका शीर्ष नेताबीच चिनियाँ समयअनुसार मंगलबार बिहान भर्चुअल माध्यमबाट ३ घण्टा लामो वार्ता भएको हो। 
दुई राष्ट्रपतिबीच प्रत्यक्ष रुपमा भएको सो वार्तालाई चिनियाँ सञ्चारमाध्यमले लामो र गहिरो वार्ता भनेका छन्। दुई नेताबीच द्विपक्षीय रणनैतिक सम्बन्ध र आधारभूत मुद्दामा व्यापक छलफल भएको चिनियाँ सञ्चारमाध्यममा उल्लेख छ। वार्ताले संसारलाई सकारात्मक संकेत देखाएको र विभिन्न मुद्दामा दुवै देशले सहकार्य गर्ने संकेत देखाएको सो वार्तापछि  चिनियाँ विश्लेषकले बताएका छन्। 
यता अमेरिकी राष्ट्रपति जो बाइडेनले आजको वार्ता महत्वपूर्ण र सकारात्मक रहेको बताएका छन्। करिब तीन घण्टा लामो वार्तामा दुवैले विभिन्न विषयमा छलफल गरेको बताइएको छ। जसमा दुवैले उत्तर कोरिया, अफगानिस्तान, ईरान, ताइवान, विश्व उर्जा बजार, व्यापार प्रतिस्पर्धा, जलवायु, सैन्य मुद्दा, कोभिड १९ लगायत विषयमा छलफल गरेको बताइएको छ। 
सी चीनफिङ र जो बाइडेन दुवैले आफूहरु दुवै पुराना साथी रहेकोले प्रतिस्पर्धी मुलुकबीच नजिक रहेर सँगै काम गर्नुपर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here