बलिउड सिनेमा ‘उचाइ’ले नेपालमा करिब १६ करोड रुपैयाँ खर्च गर्‍यो; सबैभन्दा धेरै हवाई सेवामा

बलिउड चलचित्र ‘उचाइ’ले नेपालमा करिब १६ करोड रुपैयाँ खर्च गरेको छ । सिनेमाको केही अंश नेपालमा छायांकन गरेको चलचित्र निर्माण पक्षले नेपालमा मात्रै १६ करोड रुपैयाँ खर्च गरेको हो ।
२७ दिन नेपालमा छायांकन गरेको उचाइ युनिटले नेपालमा सबैभन्दा धेरै हवाई सेवामा खर्च गरेको छ । करिब ५०० जनालाई हेलिकोप्टरमा ओसारेको चलचित्र युनिटले प्रतिव्यक्ति कम्तीमा पाँच पाँच लाख रुपैयाँ खर्चिएको थ्रि–ह्विलर्स फिल्म्स प्रालिका को–फाउन्डर डिरेक्टर पुष्पराज न्यौपानेले जानकारी दिए । उचाइको नेपालमा छायांकन व्यवस्थापनको सम्पूर्ण जिम्मा थ्रि–ह्विलर्स फिल्म्सले लिएको थियो ।
“हेलिकोप्टरमा ठूलो खर्च भएको छ । कतिवटा फ्लाइट भए त्यो भने हिसाबकिताब गर्न बाँकी छ । प्रोडक्सनको हरेक व्यक्तिलाई हेलिकोप्टरबाट यात्रा गराएका कारण सयौँ फ्लाइट भएको छ,” उनले भने ।

अल्टिच्युट एअरले फ्लाइटको जिम्मा लिएको थियो । अल्टिच्युट एअर मात्रै पर्याप्त नभएपछि मनाङ र हेली एभरेस्ट पनि युनिटले प्रयोग गरेको थियो । हवाईजहाजमा भने तारा एअरसँग उचाइ युनिटले सम्झौता गरेको थियो ।
ट्रान्सपोटेसनको जिम्मा माउन्टेन बुद्धलाई दिइएको थियो ।

लजिङ–फुडिङमा चारदेखि पाँच करोड रुपैयाँ खर्च भएको न्यौपानेको भनाइ छ । होटेल हायातमा मात्रै करिब डेढ करोड रुपैयाँ खर्च भएको छ ।

मनाङमा करिब १० दिन छायांकन गरेको उचाइको युनिटले त्यहाँ होटेलमा मात्रै करिब एक करोड रुपैयाँ खर्च गरेको उद्योग वाणिज्य संघ मनाङका अध्यक्ष सविन श्रेष्ठ बताउँछन् । उनले भने, “उनीहरूले गरेको सबै खर्च त हामीलाई जानकारी हुने हुँदैन । तर, होटेलमा भने उनीहरूले मनाङमा मात्रै एक करोड खर्च गरेको पाइएको छ ।” लमजुङको बेसीसहरमा पनि ठूलो रकम खर्च भएको न्यौपानेको भनाइ छ ।

होटेल, इकुप्मेन्ट, जनशक्ति, लोकेसन, सवारीसाधन, हेलिकोप्टर, ट्रान्सपोटेसनलगायतमा खर्च भएको थियो । न्यौपानेका अनुुसार समग्रमा सबैभन्दा धेरै खर्च सोलुखुम्बुमा भएको छ । सोलुखुम्बुमा लुक्ला र नाम्चेमा चलचित्रको छायांकन गरिएको थियो ।
नेपालमा ४० दिनको छायांकन सेड्युल भए पनि २८ दिनमै सुटिङ सकाएर युनिट फर्किएको थियो । ४० दिन नै छायांकनका लागि लागेको भए ‘उचाइ’को नेपाल खर्च थप बढ्ने थियो ।

अनुपम खेर, परिणिती चोपडा, बोमन इरानी, सारिका हसनसहित करिब ३०० जनाको टिम नेपाल आएको थियो । यो चलचित्रमा केही नेपाली कलाकारले पनि अभिनय गरेका छन् ।

गएको अक्टोबर ४ देखि काठमाडौंको एयरपोर्ट र हायात होटेलबाट चलचित्रको छायांकन सुरु गरिएको थियो । सुरज बडजात्याको निर्देशन रहेको उचाइ २०० करोड भारतीय रुपैयाँ बजेटको चलचित्र हो ।
न्यौपानले उचाइ युनिट नेपालबाट सन्तुष्ट भएर फर्किएको बताए । “यो युनिट सन्तुष्ट भएर फर्किएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here