प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्षबीच डिल्लीमा भेटवार्ता

कार्तिक – २३ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले र भारतीय स्थल सेनाध्यक्ष  मनोज मुकन्द नरवणेबीच दिल्लीमा भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा उनीहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको नेपाली सेनाले जनाएको छ ।  उक्त छलफल पश्चात प्रधान सेनापति शर्मालाई भारतीय सुरक्षा दृष्टिकोणबारे प्रस्तुतिकरण समेत गरीएको थियो । 

सो अघि प्रधानसेनापतिले राष्ट्रिय समर स्मारकमा वीर शहीदहरुको सम्मानमा पुष्प गुच्छा अर्पण गरेका थिए ।  त्यसै गरी उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण समेत गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here