रुबिभ्याली पालिका प्रमुखले लगाए रुबिभ्याली सम्पर्क कार्यालय धादिङबेसिमा ताला

रुबिभ्याली गाउँपालिका प्रमुख चेरुङ तामाङ द्वारा आज एक सुचना प्रकाशन गर्दै , बिगत केही समय देखि अस्थाई रुपमा संचालन भैरहेको पालिका सम्पर्क कार्यालयमा कर्मचारीहरु नियमित रुपमा नरहने, जस्ले गर्दा सेवाग्राहीहरुले सास्ती भोग्नु परेको र बिना जानकारी पटक पटक कार्यालय बन्द रहेकोले उक्त कार्यालय बन्द गरिएको जनाएका छन ।

साथै फेरि उक्त ताला फोरी कार्यालय संचालन गरिएमा बिभागिय कार्बाही समेत गरिने सूचनामा उल्लेख गरिएको छ । र सबै कर्मचारीहरुलाई गाउँपालिकाको कार्यालय सेर्तुङमा उपस्थित भै कामकाज संचालन गर्न समेत अनुरोध गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here