अमेरिकाले कोरोनाको दुवै डोज खोप लगाएका विदेशी यात्रुलाई प्रवेशमा अनुमति दिने

एजेन्सी । कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई अमेरिकाले सोमबारदेखि प्रवेश अनुमति दिने भएको छ ।

संयुक्त अधिराज्य, युरोपेली युनियनअन्तर्गतका केही देशसहित ३० वटा मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाइएको थियो ।
तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै विभिन्न मुलुकका नागरिकको प्रवेशमा रोक लगाएका थिए । सन् २०२० को सुरुवातमा अमेरिकाले चीनबाट आउने नागरिकको प्रवेशमा रोक लगाएका थिए । त्यसपछि संयुक्त अधिराज्य, भारत, दक्षिण अफ्रिका, इरान, ब्राजिललगायतका मुलुकका नागरिकलाई प्रवेश रोक लगाइएको थियो ।
नयाँ नियमअनुसार विदेशी यात्रुले हवाई यात्रा गर्नुअघि दुवै डोज खोप लगाएको प्रमाण र तीन दिनभित्रको कोभिड–१९ नेगेटिभको रिजल्ट पेस गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here