आज लक्ष्मी पूजा; विशेष ध्यान दिनु पर्ने कुराहरू !

कार्तिक – १८ । तिहार जस्तो महान चाड केवल नेपालमा मात्र नभएर विदेशमा पनि धेरै धुमधामका साथ मनाइन्छ ।
लक्ष्मीपूजाको दिन हिन्दुहरुले आफ्नो घरमा माता लक्ष्मीको पूजा आराधना गर्छन्, जसले गर्दा माताको कृपा प्राप्त भएर धन–सम्पत्ति प्राप्ति हुन्छ ।

धार्मिक ग्रन्थहरुमा तिहारसंग सम्बन्धित केही त्यस्ता विशेष कुराहरुको जानकारी दिइएको छ, जसलाई अपनाएर तपाईं आफ्नो जीवनको सम्पुर्ण समस्यालाई कम गर्न सकिन्छ ।
माता लक्ष्मीको कृपा आफ्नो परिवारमा रहोस् भन्नका लागि शास्त्रहरुमा भने अनुरुप यी विशेष नियमहरुलाई पछ्याउनु आवश्यक छ ।

घरको झ्याल र ढोका
लक्ष्मी पूजाको दिन घरको मुख्य झ्याल र ढोका खुल्ला राख्नु पर्छ, जसले घर–परिवारको घरमा सुख र शान्ति कायम रहन्छ । घरको मुख्य ढोका अगाडि रंगोली बनाउनु पर्छ । मुख्य ढोकाको उत्तर दिशामा रातो अबिरले स्वस्तिक बनाउनु पर्छ, त्यसो गर्दा अति शुभ हुन्छ ।

सरसफाई
पूजामा प्रयोग हुने किताब र अन्य कुराको सरसफाई लक्ष्मी पूजाको दिन बिहान नै गर्नु पर्छ । साँझ परेपछि घरको कुनै ठाउँको पनि सरसफाई गर्नु हुँदैन । त्यसो गर्नाले माता लक्ष्मी रिसाउँछिन् भन्ने धार्मिक मान्यता छ ।
नुन र पानी मिसाएर छर्कनु पर्छ
लक्ष्मी पूजाको दिन घरमा नुन पानी छर्कनु पर्छ । लक्ष्मी पूजाको दिन बिहान नुन पानी छर्कनु पर्छ । त्यसो गर्दा घरको वातावरण शुद्ध हुन्छ । वर्षभरी प्रवेश गरेका नकारात्मक शक्तिहरुबाट पनि मुक्ति मिल्छ ।

मूर्ति स्थापना
लक्ष्मी पुजाको समय मन्दिरमा राखिने गणेश र लक्ष्मीको मूर्तिलाई घरको उत्तर दिशामा स्थापित गर्नु पर्छ । लक्ष्मी पूजा गर्दा कुवेरको मुर्ति स्थापना गर्न बिर्सनु हुँदैन । उत्तर दिशातर्फ मूर्ति स्थापना गरेर पूजा गर्दा दुई गुणा फल प्राप्त हुनुको साथै घरको वास्तु दोष पनि समाप्त हुन्छ ।

कालो रंगको वस्त्र
लक्ष्मी पूजाको दिन कालो रंगको वस्त्र लगाउनु हुँदैन । विशेष गरेर पूजा गर्दा कालो रंगको कुनै पनि वस्तु प्रयोग गर्नु हुँदैन । कालो रंगका वस्तुको प्रयोगले माता लक्ष्मी रिसाउन सक्छिन्, जसको नराम्रो परिणाम तपाईले बर्ष भरि नै भोग्न पर्ने हुन सक्छ ।

फुटेका भाँडा
लक्ष्मी पूजाको दिन फुटेका भाँडाको प्रयोग गर्नु हुँदैन । घरमा आएका पाहुनालाई फुटेका भाँडामा खाना खान दिनाले पनि घरमा गरीवी बढ्छ र जीवनमा वास्तुदोष उत्पन्न हुन्छ ।

खन्डित मूर्ति
पूजाको समयमा कुनै पनि भगवानको मूर्ति खन्डित छ कि छैन भन्ने कुरा ध्यान दिनु पर्छ । खन्डित मूर्ति र तस्वीरको पूजा गर्नाले देवी–देवता रिसाउछन् ।

गणेश पूजा
गणेश भगवान विवेक र बुद्धिको प्रतीक हुन् र लक्ष्मीलाई धन–सम्पत्तिको देवी मानिन्छ । धन–सम्पत्ति सधैं त्यहि व्यक्तिसंग मात्र टिक्छ, जसले सोच विचारका साथ काम गर्छ । त्यसैले भगवानसंग धन पदार्थ माग्नु पुर्व त्यसलाई सम्भालेर राख्नको लागि बुद्धि माग्नु आवश्यक छ ।
यसरी लक्ष्मी पुजाको दिन यी वास्तु टिप्सलाई ध्यान दिएर पूजा गर्नाले तिहारमा मात्र होइन वर्षभरी नै शुभ र खुशी रहनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here