अमेरिकी राष्ट्रपति बाइडनले कोप २६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएकोमा आलोचना

कार्तिक – १८ । अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन्।

मङ्गलवार राति कोप २६ मा बोल्दै बाइडनले जलवायु “एउटा ठूलो मुद्दा” भएको र चीन त्यसबाट “टाढिएको” बताएका हुन्।

उनले त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको आरोप लगाए।

ग्लास्गोमा नोभेम्बर १४ अर्थात् दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन्।
तर दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन्।
विश्वमा कार्बन डाइअक्साइड सबैभन्दा धेरै उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ।

रुस भने युरोपेली सङ्घ र भारतपछि पाँचौ स्थानमा पर्छ।

यो सम्मेलनका लागि विश्वका १२० भन्दा बढी मुलुकका नेताहरू उपस्थित भएका छन्। bbc

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here